काठमाडौं २ भदौ – उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा बुधबार मध्यरातदेखि निषेधाज्ञा जारी हुने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को संयुक्त बैठकले भदौ ३ गते बुधबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय…