Logo

शिक्षा

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्‍यो एसईईको नतिजा



काठमाडौं, १ भदौ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गरेको छ। बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको हो। नतिजा टेलिफोन, एसएमएस र वेभसाइटमा हेर्न सकिन पौडेलले बताएका छन्।

कोरोना भाइरसको वैश्विक प्रकोपका कारण २०७६ चैत ६ गतेका लागि तय भएको एसईई अन्तिम समयमा स्थगित भएको थियो।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय इकाईमार्फत् बोर्डमा पठाएका थिए। परीक्षा हुने नसकेपछि विद्यालयहरूको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गरिएको छ।

प्रधानाध्यापक, अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले विद्यार्थीहरूको मूल्यांकन गरेको हो। सोही आधारमा नतिजा प्रकाशित गरिएको हो।

प्रकाशित : १ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल