Logo

मनोरञ्जन

सामाजिक र मानवीय मुद्धामा आधारित रियालिटी शो ‘ऐना’ कात्तिक पहिलो साताबाट



काठमाडौं, ३२ साउन – नेपाली टेलिभिजन क्षेत्रका दिग्गज व्यक्तिहरूको संयोजन र नेतृत्वमा अलग प्रकृतिको कार्यक्रम निर्माण हुने भएको छ।

टेलिभिजन कार्यक्रम ‘ऐना’को लोगो सार्वजनिक गर्दै निर्माण पक्षले पृथक विषयवस्तुसहितको सघन कार्यक्रम आउन लागेको जानकारी दिएको छ।

ललितपुरमा आयोजित पत्रकार सम्मेलन गरी कार्यक्रम ‘ऐना’को लोगो सार्वजनिक गरिएको हो। कार्यक्रम प्रायोजक र ‘ऐना’ टिमबारे जानकारी दिइएको हो।

दी होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्ने २६ श्रृंखलाको कार्यक्रममा सामाजिक र मानवीय मुद्धालाई केन्द्रमा राखिएको छ।

वि.सं. २०७७ साल कात्तिकको पहिलो सातादेखि कान्तिपुर टेलिभिजनबाट हरेक साता एक घण्टा ‘ऐना’ प्रसारण हुने छ।

‘ऐना’का प्रोजेक्ट प्रमुख राधाकृष्ण धितालले सामाजिक मुद्धाका मानवीय पक्षलाई जोड दिएर कार्यक्रम निर्माण गरिएको बताएका छन्।

देशका विभिन्‍न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन, अनुसन्धान, घटना र पात्रहरूको सुक्ष्म अवलोकन गरी घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता गर्ने धितालले बताए।

साथै विज्ञ र सरोकारवालाहरूसँग छलफल गरी कुनै पनि विषयमाथिको सम्पूर्ण प्याकेजका रुपमा कार्यक्रम ‘ऐना’ तयार हुने उनले बताए।

कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारीले समाजका अथाह समस्यालाई विस्तृत रुपमा खोजी गर्न कार्यक्रम केन्द्रित हुने बताएका छन्।

‘ऐना’का प्रोड्युसर जनक पौड्यालले व्यक्ति, परिवार, समुदाय वा राष्ट्रलाई सामाजिक र मानवीय पक्षबाट पुगिरहेको असरका सम्बन्धमा कार्यक्रमले प्रष्ट्याउने बताएका छन्।

प्रकाशित : १ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल