बुवा,साँझ भात खान बस्दा सधैँ म पहिले खाइसक्थेँमैले तपाईलाई जित्नैपर्थ्याेतपाईंलाई जित्नकै लागि म भात नथपी उठ्थेँपाँच मिनेटपछि जब तपाईं चुठिसकेरभैँसी दुहुन जानुहुन्थ्योम हतार हतार भित्र पसेरतपाईंको जुठो झर्के थालमाफेरि भात खान थाल्थेँबाल्टीभरि दूध लिएर जब तपाईं भित्र पस्नुहुन्थ्यो,म आमासँग बसेर भात खाइरहेको हुन्थेँत्यतिबेलाको तपाईंको मुस्कान मैले बिर्सिएको छैन म त्योभन्दा पनि सानो छँदा टाँडे घरको…