Logo

समाचार

काठमाडौं उपत्यकामा थप २ सय १६ जनालाई कोरोना, देशभरि ६ सय ३४ संक्रमित थपिए



काठमाडौं, ६ भदौ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या १ सय ४६ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्रै २ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौंमा १ सय ६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

नेपालमा कुल संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ।

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल