Logo

विश्व

दुबईका राजकुमारले परेवाका लागि त्यागे ३ करोड ६७ लाखको मर्सिडिज कार (भिडियो)



दुबई, ५ भदौ – आफ्नै संसार र स्वतन्त्रतामा विचरण गर्ने एउटा पंक्षीलाई लाग्दो हो, म जहाँ बस्छु त्यही मेरो घर हो, त्यही मेरो डेरा बसेरा हो।

प्रकृतिको सबैभन्दा सुन्दर पंक्षी परेवालाई शान्तिको दूत मानिने गरिन्छ। पौराणिक युगका बयानमा परेवाबारे प्रशस्तै प्रसङ्ग शास्त्रहरूमै पाइन्छ।

परेवाकै विषयसँग जोडिएको सामाजिक सञ्जालको एउटा पोस्टले संयुक्त अरब इमिरेट्सका राजकुमार (क्राउन प्रिन्स) चर्चामा छन्। उनले एउटा परेवाका लागि ३ करोड ६७ लाख रुपैयाँ मूल्य पर्ने मर्सिडिज बेन्ज कार प्रयोग गर्नै छोडिदिएका हुन्।

हेर्नेहाेस्: भिडियाे रिपाेर्ट

https://www.youtube.com/watch?v=5P9E2vtkIPc

शानदार मर्सिडिज कार, आममानिसका लागि सपना नै हो। तर, त्यही कार संयुक्त अरब इमिरेट्सका राजकुमार शेख हामदान बीन मोहम्मद बीन राशिद अल मकतोनले परेवाका लागि छोडिदिएका हुन्।

पंक्षीको प्रकृति प्रदत्त अधिकारको सम्मान गर्दै राजकुमार शेख हामदानले कार छोडेका हुन्। के हो त कारण?

केही समयअघि पार्किङमा रहेको कारमा आएर परेवाले गुँड लगायो। त्यसपछि फूल पनि पार्‍यो। र, बच्चा पार्न लागेको परेवाको सबै तयारी देखेपछि राजकुमारको मन पग्लियो।

र, उनले तत्कालै मर्सिडिज कारको वरिपरि रिबन टाँग्न लगाएर अन्य व्यक्तिको प्रवेशमा रोक लगाए। र, सामाजिक सञ्जालमा भिडियो सेयर पनि गरे। राजकुमार शेख हामदानको यो कार्यको सर्वत्र प्रशंसा भइरहेको छ।

सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरूले राजकुमारलाई मानवताको उच्चतम् उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद पनि दिएका छन्।

भिडियो सेयर गर्दै राजकुमारले लेखेका छन्, ‘कहिलेकाँही जीवनमा सानाभन्दा साना कुराहरू पनि महत्त्वपूर्ण भइदिन्छन्।’ जुनसुकै जीव हुन्, आफ्ना सन्ततिप्रति अगाध स्नेह हुन्छन् नै।

राजकुमार शेख हामदानले पनि मानवीय मूल्य र भावनालाई अझै दरिलो हुने उदाहरण यो कार्य मार्फत् दिएका छन्। आफ्नो कारमा परेवाको गुँड बनाउन दिनु र बच्चा जन्माएर हुर्किन्जेल पर्खिनु मानिस, अन्य जीव र प्रकृतिबीचको असीम प्रेम पनि हो।

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल