Logo

समाचार

काठमाडौंमा कोरोना कहर: पाटन अस्पतालमा दुई जनाको मृत्यु



ललितपुर, ८ भदौ – कोरोना भाइरस संक्रमणबाट सोमबार ललितपुरस्थित पाटन अस्पतालमा २ जनाको मृत्यु भएको छ।

काठमाडौंका स्थायी बासिन्दा ७४ वर्षीय पुरुष र धनुषाका ७६ वर्षीय पुरुषको मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालयका अनुसार दुवैको सोमबार मृत्यु भएको हो।

भदौ ६ गते अस्पतालमा भर्ना भएका काठमाडौंका पुरुषलाई फोक्सोको समस्या देखिएको थियो। साउन २५ गतेदेखि उपचाररत धनुषाका पुरुषलाई पनि कोरोना संक्रमणसँगै अन्य स्वास्थ्य समस्याले ग्रस्त बनाएको थियो।

यसअघि, भदौ ३ गते ललितपुरको पाटन अस्पतालमै एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। साउन २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत महिलाको मृत्यु भएको हो।

भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो। जनस्वास्थ्य कार्यालय ललितपुरले घटनाको पुष्टि गरेको छ।

यसअघि, भदौ २ गते बिहान पाटन अस्पतालमै उपचाररत नवलपरासी कांग्रेस उपसभापति सुवासचन्द्रको मृत्यु भएको थियो।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा रेफर गरिएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।

रमेश खरेलः नेपाल प्रहरीमा निष्ठाका २९ वर्ष, अबको रणनीति के?

प्रकाशित : ८ भाद्र २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल