Logo

समाचार

‘काठमाडौं, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउनुपर्छ’



काठमाडाैं, ८ भदाै‌ – उपत्यकाका ३ जिल्लाका मेयरहरूले काठमाडौं, भक्तपुर र ललितपुरमा लगाइएको निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन प्रशासनलाई सुझाव दिएका छन्।

उपत्यका नगरपालिका मेयर फोरमको सोमबारको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको हो।

बैठकले कोरोना भाइरस संक्रमणको अवस्था बढिरहेको निष्कर्षसहित निषेधाज्ञा कायम राख्न काठमाडौं, भक्तपुर र ललितपुरका तीन वटा जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएको हो।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निषेधाज्ञा केही समय थप्नुपर्ने निष्कर्ष बैठकले निकालेको बताएका छन्।

‘जिल्ला प्रशासनलाई यही सुझाव दिएका हौं, पिसिआर परीक्षणलाई बढाएर संक्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना पनि बनाइएको छ,’ शाक्यले भने।

काठमाडौं, भक्तपुर र ललितपुरमा भदौ ४ देखि निषेधाज्ञा लागू गरिएको छ। जुन १० गते राति १२ बजे सकिने छ।

साथै, उपत्यकाका तीनै जिल्लाका स्थानीय तहले अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्मका लागि बन्द गर्ने निर्णय भएको शाक्यले बताए।

साउन २६ गते बसेको बैठकले भदौ ९ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै काम बन्द गर्ने निर्णय गरेको थियो।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: