कोरोना प्रकोपले विश्व नै आक्रान्त भयो। नेपालमा पनि लामो समयसम्म लकडाउन गरियो। सबै क्षेत्र ठप्प रहँदा जनस्वास्थ्यको क्षेत्रमा अध्ययन र अनुसन्धानको विषयमा बहस भयो। तर, कार्यान्वयनको तत्परता सरकारले देखाएन। यद्यपि, कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा अनेक सम्भावनाको खोजीमा जुटिरह्यो। कोरोना प्रकोपमा आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको उत्पादन गरी निःशुल्क वितरण र अन्य स्वास्थ्य सामग्रीको उत्पादनलाई सम्भव तुल्याइयो।…