Logo

समाचार

बालबालिकाको दाँतमा किरा लागेको छ? यी हुन् सावधानीका उपाय



बच्चाको दाँतमा किरा सहजै लाग्नसक्छ। किनकी उनीहरूले चकलेट, बिस्कुट बढी खाने गर्छन्। दाँतमा किरा लाग्दा बच्चाहरूलाई दुखाइ पनि हुनेगर्छ।

किरा लागिसकेपछि दाँतमा निकै दुखाइ हुन्छ। जसले गर्दा बच्चाहरू रुने गर्छन्। त्यसैले बच्चाको दाँतमा किरा नलाग्न दिनका लागि अगाडि नै सवधानी अपनाउनुपर्छ। किरा लागिसकेपछि पनि कसरी घरेलु उपचार गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ।

जब बच्चाको मुखभित्र ब्याक्टेरिया बन्न थाल्छ तब किरा लाग्न सुरु हुन्छ। दुध पिउँदापिउँदै सुतेपछि बच्चाको मुखमा मिठोपन चप्किएर रहेको हुन्छ। लामो समयसम्म यो दाँतमा चप्किँदा ब्याक्टेरिया बन्न पुग्छ।

लामो समयसम्म जमिनमा खसेको बोतल बच्चाले मुखमा हाले भने त्यसमा ब्याक्टेरिया हुने भएकाले दाँतमा किरा लाग्ने जोखिम हुन्छ। कुनै मिठो चिजलाई लामो समयसम्म मुखमा राख्ने वा चपाउने गर्दा पनि दाँतमा किरा लाग्ने गर्छ। यसका अलावा लामो समयसम्म ब्रस नगर्दा पनि दाँचमा किरा लाग्ने गर्छ।

किरा लाग्दा माथिल्ला दाँचमा सेतो दाग देखिन्छ। यो पहिलो स्टेपमै देख्न सकिन्न। डाक्टरले यो अवस्थामै जाँच गर्दा सही तरिकाले उपचार गर्नसक्छन्।

यस्तो अवस्थामा मनतातो पानीमा नुन राखेर किरा लागेको दाँतलाई सेक्दा राहत पाउन सकिन्छ। यसले ब्याक्टेरियालाई मुखबाट टाढा गर्छ। क्याविटी बनाउने एसिडलाई पनि यसले सन्तुलन गर्छ।

एक ग्लास मनतातो पानीमा एक चम्मच नुन राखेर सेक्नेगर्नुपर्छ। दीनमा दुई पटक यसरी दाँतलाई सेक्न सकिन्छ।

दाँतमा किरा लागेको दुखाईलाई कम गर्नका लागि ल्वाङको तेल लगाउनुपर्छ। औलामा ल्वाङको तेलका केही थोपा राखेर यसलाई प्रभावित ठाउमा मालिस गर्नुपर्छ। हामीले दीनमा दुईदेखि तीन पटक यो उपाय अपनाउनुपर्छ। यदि बच्चा आफै मालिस गर्न सक्ने भए बच्चालाई नै मालिस गर्न दिनुपर्छ।

दाँत सफा गर्न नीमले पनि महत्वपूर्ण भूमिका खेल्छ। यसलाई चपाउँदा दाँत तथा गिजा बलियो हुन्छन्। बच्चालाई नीमको पात वा छाला केही मिनेट चपाउन दिएर सफा पानीले कुल्ला गर्न लगाउनुपर्छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : १२ फाल्गुन २०७७, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल