Logo

आर्थिक

‘ग्लो टु ग्लो’बाट ५१५ आर्टिस्ट प्रशिक्षित : सौन्दर्य व्यवसायमार्फत उद्यमशील बनाउने लक्ष्य



काठमाडौँ । सौन्दर्य व्यवस्था प्रवर्द्धन एवं उद्यमशीलताको विकास गरी महिलालाई स्वरोजगार बनाउने उद्देश्यले ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोले नेपाल र दुबईमा एक वर्षमा ५१५ जनालाई दीक्षित गरेको छ ।

ग्लो टु ग्लोले काठमाडौंमा आयोजना गरेको छैठौँ फेयरबेल समारोहमा सौन्दर्यसम्बन्धी डिप्लोमा र मास्टर्स तहको कोर्ष पुरा गर्ने विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो । नेपालमा अध्ययन गर्ने ४०८ जना र दुबईमा अध्ययन गर्ने १०७ जना आर्टिस्टलाई सम्मान गरिएको हो ।

ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोकी प्रबन्ध निर्देशक बिनिता शाहले मेकअप, हेयर डिजाइन, नेलआर्टसम्बन्धी तालिम एवं अध्ययन पुरा गरेका आर्टिस्टलाई व्यावसायिक क्षमता अभिबृद्धि गरी प्रमाणपत्रसहित बिदाई गरिएको बताएकी छन् ।

उनले सौन्दर्य व्यवसायमा लागेका धेरै दिदीबहिनीलाई तालिम र अध्ययनमा सहभागी गराएर अन्तर्राष्ट्रियस्तरको ज्ञान प्रदान गरिएको बताइन् । ‘व्यावसायिक सफलताका लागि परिस्कृत ज्ञान हासिल गर्न आवश्यक हुन्छ, ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोबाट डिप्लोमा र मास्टर्सको कोष गरेपछि उहाँहरूलाई आफ्नो व्यावसायिक क्षमता र दक्षता हासिल गर्न अझै मद्दत पुग्नेछ, हामीले आर्टिस्टहरूको आवश्यकतालाई दृष्टिगत गरेर नै तालिम प्रदान गरेका छौँ,’ शाहले भनिन्।

उनले महिला सौन्दर्य व्यवसायकै माध्यमबाट अब्बल बनाउने लक्ष्यका साथ क्षमता विकास गरिने र फरक ढंगको व्यवसायप्रति उत्प्रेरणा जगाउने काम गरिएको बताइन्। ‘तालिम अवधिमा उहाँहरूमा आत्मविश्वास जगाउने काम पनि हामीले गरेका छौँ,’ उनले भनिन्।

काठमाडौं क्षेत्रपार्टीकी ३२ वर्षीया निर्जला श्रेष्ठले यसै वर्ष नेलआर्ट, मेकअप र हेयर डिजाइनरसम्बन्धी डिप्लोमा कोर्ष गरिन् । ‘व्यावसायिक क्षमता विकास गर्न ग्लो टु ग्लोः दी ब्यूटी स्टुडियोको कोर्ष एकदमै प्रभावकारी रहेछ । मेरो कामप्रतिको आत्मविश्वास बढेको छ,’ उनले भनिन्।

त्यसैगरी, भक्तपुरकी २३ वर्षीय आयुश्मा भुजेलले मेकअपमा मास्टर्स र नेलआर्टमा डिप्लोमा, बर्दियाकी २४ वर्षीया इशा विश्वकर्माले नेलआर्टमा डिप्लोमा, रामेछापकी सपना मगरले हेयर र मेकअपमा मास्टर्सको कोर्ष गरिन्।

उनीहरूको एउटै भनाइ छ, ‘हामी आर्टिस्ट हौँ, र स्वदेशमै व्यवसाय गर्न र वैदेशिक रोजगारीमा जाँदा पनि यो कोर्षले हामीलाई आर्थिक रुपमा सवल बनाउन मद्दत गर्छ ।’

कार्यक्रममा उत्कृष्ट कर्मचारीको पुरस्कार अलिशा पुन मगर र प्रतिवद्ध कर्मचारीको पुरस्कार मनिशा खनाललाई प्रदान गरिएको छ ।

प्रकाशित : २६ बैशाख २०८१, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल