Logo

समाचार

पत्रकार इन्द्रकमललाई मानार्थ विद्यावारिधिको उपाधि



काठमाडौँ, माघ ६ गते । भारतको राजधानी दिल्लीमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार इन्द्रकमल जैरुलाई पत्रकारितामा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको छ।

भारत सरकारको मान्यता प्राप्त आइकोनिक पिस अवार्ड काउन्सिलले शुक्रबार दिल्लीको कन्सिट्युसनल क्लबमा आयोजना गरेको समारोहमा पत्रकार जैरुलाई पत्रकारितामा मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मान गरिएको हो। १५ वर्षसम्म पत्रकारिता सेवा सक्रिय रहेको योगदानका लागि पत्रकार जैरु सम्मानित भएका हुन्।

छापा माध्यमबाट पत्रकारिता सुरु गरेका जैरुले त्यसपछि नेपाल वान टेलिभिजनमा करिव एक दशक टेलिभिजन पत्रकारिता गरेका छन्। नेपाल वान टेलिभिजनमा परराष्ट्र मामिलामा रिपोर्टिङ गर्ने जैरुले समाचार प्रस्तोताको रुपमा पनि लामो समय काम गरे।

त्यसैगरी, भारतीय टेलिभिजन एपीएनमा हिन्दीमा पनि समाचार प्रस्तोताको भूमिकामा काम गरेका पत्रकार जैरुले अल इण्डिया रेडियोको नेपाली विभागमा पनि काम गरेका छन्।

पत्रकार जैरुले दिल्लीबाट नेपालका लागि रिपोर्टिङ गर्दै आएका छन्। उनले अहिले सिक्किम न्यूजका लागि काम गरिरहेका छन्। उनी ग्लोबल गोर्खा टाइम्समार्फत भारतमा रहेका नेपालीका समस्या उठान गरिरहेका छन्। 

समारोहमा लोकसभाका निर्दलीय सांसद् नबाकुमार सरानियाले राज्य व्यवस्थालाई प्रभावकारी बनाउन सञ्चारमाध्यमले गरिरहेको खबरदारीका सन्दर्भमा विचार राखेका छन्। कार्यक्रममा सिक्किमका विधायक एनके सुब्बा, निर्वासित तिब्बती सांसद्का उपसभापति आचार्य यशी, विश्व मानवाधिकार सुरक्षा आयोगका अन्तराष्ट्रिय उपाध्यक्ष विष्णुप्रसाद बरालले अवार्ड वितरण र सम्बोधन गरे।

आइकोनिक पीस अवार्ड काउन्सिलकी अध्यक्ष डा. प्रिया अरोडाले आफूहरुले समाजका लागि योगदान दिएका विभिन्न पेशामा रहेका व्यक्ति एवं समाजसेवीलाई सम्मानित गरेको र यस प्रकारको सम्मानबाट विभिन्न क्षेत्रका अगुवाहरुले गौरवानुभूति गर्ने बताएकी छिन्।

भारतका विभिन्न राज्यबाट आएका कयौ व्यक्तिहरुलाई आ–आफ्नो पेशामा दिएको योगदानका लागि सम्मानित गरिएको छ। समारोहमा नारी सम्मान, शान्ति पुरस्कार, उत्कृष्ट व्यवसायी, मानार्थ डाक्टर अवार्ड, अशोका अवार्ड, राष्ट्रिय समाज सेवा अवार्ड लगायतका विधामा पुरस्कार वितरण गरिएको छ।

प्रकाशित : ६ माघ २०८०, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल