Logo

समाचार

साइप्रसमा बिलाए यी नेपाली चेलीका सबै सपना, बाकसमा फर्किंदै छिन् स्वदेश



साइप्रस, २२ फागुन – अनेक सपना बोकेर विदेशिएकी एक नेपाली चेली साइप्रसमा बिलाएकी छिन्। नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर–१ पाण्डेगाउँकी ४० वर्षीया संगीता पाण्डेको निधन भएको हो।

गैरआवासीय नेपाली संघ साइप्रसका अनुसार युरोपेली देश साइप्रसलाई कर्मथलो बनाएकी पाण्डेको निकोसियास्थित देफ्तेरा गाउँमा फागुन १७ गते सोमबार निधन भएको हो।

एनआरएनए साइप्रसका सचिव पुरन मगरले नेपाली राजदूतावास इजरायल, नेपाली अनरी कन्सुलेट अफ साइप्रस र गैरआवासीय नेपाली संघ साइप्रसले घटनाबारे जानकारी लिएको र बिहीबार पहिचान खुलेपछि उनका परिवारलाई जानकारी गराएको बताएका छन्।

सचिव मगरले मृतक पाण्डेको शव साइप्रसको कानूनी प्रक्रिया पुरा गरेपछि नेपाल पठाउने बताए। नेपाली समुदायलाई सुरक्षा प्रदान गर्ने साइप्रस प्रशासनलाई घटनाको अनुसन्धानका लागि आग्रह गरे।

आगामी दिनमा साइप्रसमा रहेका नेपालीलाई आ–आफना परिवारसँग नियमित सम्पर्कमा रहन उनले आग्रह गरेका छन्।

५ वर्षदेखि साइप्रसमा थिइन् पाण्डे

पाण्डे अवतार ह्युमन रिर्सोस प्रालि काठमाडौंबाट सन् २०१५ को नोमेम्बर २९ तारिखका दिन घरेलु कामदारको रुपमा ३ सय ९ युरो मासिक तलबमा काम गर्नेगरी साइप्रस आएकी थिइन्।

एनआरएनए सचिव मगरका अनुसार नियमित काममा रहेकी पाण्डेको निधनबारे विस्तृत जानकारी आइसकेको छैन। यद्यपि, पाण्डेको आकस्मिक निधन भएको खुलेको उनले बताए।

कोरोना प्रकोपका कारण धेरै नेपाली समुदायलगायत साइप्रसकै नागरिकहरूको जागिर गुमेको छ। ‘केही समय धैर्यधारण गरी आ–आफनो जीविकोपार्जन गर्नका लागि हाम्रो अनुरोध छ,’ मगरले भने।

विदेशमा जहाँ भए पनि सबै ठेगाना आ–आफनो परिवारलाई दिन र नेपाली सघंसस्थाहरू, नेपाली कन्सुलेट कार्यालय र सरोकारवालाहरूलाई दिन एनआरएनए महासचिव कृपा थापाको अनुरोध छ।

‘सबै विवरण भएमा केही आकस्मिक घटना भएको खण्डमा पूर्ण जानकारी लिन सहज हुने महासचिव थापाको भनाई छ। गैरआवासीय नेपाली संघ साइप्रसले आफ्नो स्वास्थ्यका बारेमा सजग हुन र केही समस्या परेमा सम्पर्क गर्न आग्रह गरिसकेको छ।

गैरआवासीय नेपाली संघ साइप्रस, नेपाली कन्सुलेट कार्यालयमा सम्पर्क गर्न सबैमा अनुरोध गरिएको एनआरएनए साइप्रसका प्रमुख संरक्षक सुवास मल्लले बताएका छन्।

साइप्रसमा दिनहुँ भइरहेको विभिन्न किसिमका घटनाहरूलाई न्यनिकरण गर्नका लागि विभिन्न सघंसंस्थाहरूसँग समन्वय र सहकार्यका लागि प्रयास भइरहेको एनआरएनए साइप्रसकी अध्यक्ष दिलकुमारी तिलिजापुनले बताएकी छिन्।

अध्यक्ष पुनले नेपाली समुदायको सुरक्षाका लागि आवश्यक पहल गरिरहेको बताउँदै साइप्रसमा रहेका नेपालीको मृत्युको शिलशिला न्यूनिकरणका लागि सरकार र सरोकारवालासँग पनि समन्वय गर्ने जानकारी दिएकी छिन्।

निर्मम निर्णयको घडी आयो, कम्युनिष्ट क्रान्तिका नायकहरू इतिहासले कठोरतापूर्वक छोड्छ: याेगेश भट्टराई

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल