ज्योतीकिरण रिजाल फुलेन बगैँचामा गुलाफ, माटोमा के खोट छ? छैन खोट माटोमा केही, कि गुलाफमा चोट छ? नदेउ मलाई गुलाफ फूलको आगो सहन्न म, बिना फूल, बिना आगो, जिउने मेरो बनोट छ। गुलाफ नफूलेर के भो र मैले हारेर के भो? उजाड–उजाड जिन्दगी, बाँच्ने मेरो अठोट छ। [caption id="attachment_1280" align="alignnone" width="1050"] ज्योतीकिरण रिजाल।[/caption]