Logo

समाचार

कथाः जादुमयी ज्याकेट


३ कार्तिक २०७५, शनिबार


पेम्बा शेर्पा


उहाँको नाम चाहिँ मीनबहादुर रोका। असनको एउटा सानो गल्लीमा सानो कोठामा बस्नुहुन्छ। उहाँको उमेरले ५५ वर्ष भयो। सायद बुढ्यौली लागेकाले होला, नजिकका सामानहरु पनि धमिलो देख्नु हुन्छ। त्यसैले चस्मा लगाउनु हुन्छ। उहाँको पेसा ज्याकेट सिलाउने हो। उहाँले ज्याकेट बनाउँदा आफू बस्ने सानो कोठा बाहिर कुर्सीमा बसेर मात्रै बनाउनु हुन्छ। किनभने उहाँले बनाउने ज्याकेट फरक किसिमको छ। प्रायजसो बजारमा पाइने भन्दा बेग्लै छ। फेरि उहाँको ज्याकेट महँगो होला भन्ने सोच्नु होला। तर, उहाँले बनाएको ज्याकेट सित्तैमा दिनुहुन्छ। फेरि यसमा पनि कसरी भन्ने प्रश्न उठ्छ। भन्नुपर्दा मीनबहादुरले बनाउनु भएको ज्याकेटमा खुशीका, मायाका र साथका मन्त्र हुन्छन्। जसले यो ज्याकेट लगायो, एक्लापन, दुःख, घृणा भन्ने चीजबाट दूर हुन्छ। उहाँले ज्याकेट तब मात्र बनाउनु सुरु गर्नु हुन्छ, जब कोही दुःखी अत्यन्तै पीडा एक्लोपनमा देख्नुहुन्छ। यो अद्भुत ज्याकेट बनाउन थालेको धेरै भएको रैछ, ठ्याकै २५ वर्ष। यो सानो कोठामा बस्नु भएको पनि त्यति नै भएछ।

मैले हजुरको फोटो लिन्छु यता हेर्नु न भन्दा ‘यो ज्याकेट सक्नु छ छिटो’ भनेर आफ्नो काममा ध्यान दिनु भयो। जसका लागि त्यो ज्याकेट बनाएको उसलाई अर्को बुधबार ठिक साँझ साढे ५ बजे दिनु छ रे! मैले ‘किन त्यही समय, त्यही बार’ भनेर सोध्दा ‘कथा लामो छ भन्नु भयो। ‘कुनै दिन आउनु फुर्सदमा’ भनौँला भन्नु भयो। मैले भनेँ, ‘तपाई आफै एक्लो अनि बिलासी जिन्दगी बाँची रहनु भएको छ किन आफैँ बनाएर लगाउनु हुन्न?’ उत्तरमा उहाँले, ‘हरेक प्रश्नको जवाफ ‘हुन्न बाबु’ भन्नु’भो। म उहाँलाई एकनाश हेरिरहेको थिएँ। उहाँलाई खै के लाग्यो एक छिन पछि ‘ल सुन मेरो कथा’ भन्नुभो। ध्यान चाहिँ ज्याकेट बनाउनतिर नै थियो।

पेम्बा शेर्पा।

मेरो पनि परिवार थियो। म, मेरी बुढी र गर्भमा हाम्रो सन्तान हुर्किँदै थियो। ३ महिनामा चल्दै थियो। हाम्रो गुजारा मेरो जिन्स टेलरबाट हुन्थ्यो। म त्यो बेला २५ वर्षको थिए। माया गर्ने बुढी थिइन्। गर्भमा बच्चा हुर्किंदै थियो। एक दिनको कुरा हो, एक जना व्यक्ति छाला लिएर ज्याकेट बनाइदिनु भनेर डिजाइन पनि दिए। ज्याकेट ३ दिनमा सक्नु पर्ने पनि बताए। र ज्याला स्वरुप १५ हजार गनेर दिए। पैसाको लोभका कारणले मैले हुन्छ भनेर पैसा गने। किनभने मलाई पैसाको अत्यन्तै जरुरत थियो। बुढी र पेटमा भ’को बच्चाको जिम्मेवारी थियो। मैले अरु काम नगरी ज्याकेटको त्यो काम मात्र गरेँ। २ दिनमा नै काम सकाइदिए। ५ दिन बितीसक्दा पनि ती व्यक्तिको अत्तोपतो थिएन। अहिलेको जस्तो सम्पर्क गर्नलाई मोबाइल पनि थिएन। आउँलान् भनेर कुरिरहेँ। तर एक महिना बितीसक्दा पनि आएनन्। मलाई कता–कता त्यो ज्याकेट आफैँ लगाउनु जस्तो लाग्यो र लगाए। सुहायो पनि। पसलमा आउने ग्राहकले धेरैले यस्तै ज्याकेट बनाइदिन अडर गरे।

घरमा गयो बुढीले पनि सुहाएको छ भन्थिन्। तर ममा एक अलग रिसको भावना बढ्थ्यो। त्यस्तो माया गर्ने, अनि ५ महिनाको पेट भएकी बुढीलाई हात उठाएँ। पसलबाट घरफर्किन मन लाग्दैनथियो। बुढी पसलमा खाना लिएर आउँथिन्। मेलै उल्टै कराएर पठाउथिएँ। बुधबारको दिन थियो, साँझ साढे ५ मा म घर पुगेको थिएँ। ढोका खुल्लै थियो, भित्र पाइला मात्र के टेकेको थिए, बुढीको शरीर हावामा तैरिरहेको थियो। म रुन कराउन, के गरुँ पुरै स्तब्ध भएँ। अनि नजिकैको कुर्सीमा चिठ्ठी थियो। विस्तारै लिएर पढेँ। मेरो प्यारो मान्छे, तपाई बदलिएको मैले सहन सकिनँ। तपाईको मायाको चिनोसँगै लिएर जाँदैछु। सायद अर्को जुनीमा भेट होला।’

ऐनामा गएर हेरेँ आफैँलाई आफूदेखि घृणा लाग्नु थाल्यो। सबै कपडा खोलेर च्यातिदिएँ। बुढीले सुहाएको भनेको ज्याकेट पनि टुक्रा टुक्रा पारिदिएँ। म बौलाझैँ कराएँ, चिचाएँ छिमेकीहरुले रोएको कराएको सुनेर प्रहरी चौकीलाई खबर गरेछन्। केहीबेरमै के गर्यो, के भयो, म पुरै अचेत थिए। आँखामा झलझली कुर्सीमा राखेको बुढीको अन्तिम चिठ्ठी दिनरात बुढीलाई हात उठाएको गल्ती सम्झेर ५ वर्ष पशुपतिको शरणमा बिताएँ। साथमा मेरो बुढीले चिठ्ठी राखेको कुर्सी मात्रैमा ध्यान थियो। एकदिन बुढी सपनामा आइन्। सँगै हाम्रो छोरी पनि थिइँन्। कति राम्री आमा चाँहि जस्तै छोटो थाई कट कपाल। मिलेका आँखा, हँसिलो मुहार। कति राम्री उनले मलाई सोधिन्, ‘बाबा, हजुरले आफ्नो हालत किन यस्तो बनाएको? मेरो आँखा भरियो,’ बुढीले भनी, ‘अब यहाँ बसेर हैन तपाईले आफ्नो काम गर्नुुपर्छ थाहा छ तपाइलाई यो सबै कसरी भयो?’

सबै त्यो ज्याकेटको कारणले हो, त्यो ज्याकेट एउटा श्रापित मृगको छालाको थियो। र त्यो व्यक्ति साधारण मानिस थिएन, त्यो व्यक्ति वास्तवमा धेरै घृणाको पिसाच थियो। तर, तपाई लोभमा थोरैमा बन्ने ज्याकेटलाई १५ हजार लिनुभयो। र त्यो पिसाच नआएपछि आक्रोशित भएर आफैँ लगाउनु भयो। पिसाचको कालो जादुले तपाईलाई असर देखायो। र, हाम्रो मायाको संसार उजाड पारिदियो। अब तपाई दुःखी एक्लो भएको मानिसलाई ज्याकेट बनाएर दिनुु। त्यो ज्याकेटले उसको जीवनमा खुशी ल्याउने छ। हजुरलाई पशुपति नाथको यही वरदान स्वरुप आफ्नो गल्ती सुधार्ने मौका प्राप्त भएको छ। आफ्नो ख्याल राख्नु लोभमा नपर्नु भन्दै विस्तारै छोरी र ऊ विलिन भई।

म व्यूझिँदा मेरा आँखा रसाइरहेका थिए। मानसपटलमा बुढी र छोरीका प्रतिबिम्ब आइरहेको थियो। त्यो दिनबाट मैले पशुपति नाथको आशिर्वाद र बुढीको सपनावाणीले असनमा कोठा लिए। र, यही कुर्सीमा बसेर बुढी अनि मायाको चिनो छोरीको याद मनमा लिएर बिना लोभ, बिना स्वार्थ ज्याकेट बनाएर दुःखीहरुलाई दिन्छु। बुढीले भनेझैँ पशुपति नाथको आशिर्वादले मैले बनाएको ज्याकेट लगाउने सबै मानिस खुशी हुन्छन्।

अनि अहिले बनाउँदै गरेको ज्याकेट म एउटा केटाका लागि हो। जसले सधैँजसो बुढीलाई शंका गरेर हातपात गर्छ। तर, उसकी पत्नी उसलाई धेरै माया गर्छे। यही मेरो कोठा भन्दामाथिको कोठामा बस्छन्। त्यसैले यो कुर्सीमा बसेर ज्याकेट बनाइरहेको छु। सँगै आफ्नो पाप पखाल्दै पनि छु। त्यो कालो दिनको प्रायश्चित स्वरुप बुधबार साढे ५ बजेर ज्याकेट दिने छु।

यति भन्दै उहाँले आफ्नो चस्मा खोल्नु भयो। र, रसाएका आँखा हल्का पुछ्नु भयो। म पनि उहाँको जीवनकथा सुन्दा भावुक भएछु। तर, उहाँको जीवनकथा, प्रायश्चित कथा आगामी पुस्ताका लागि पनि प्रेरणादायी छ। सबैले सबैलाई माया गरौँ। किनभने जीवन छोटो छ। प्रेममा त्यो छोटो जीवनको शार लुकेको छ।

प्रकाशित : ३ कार्तिक २०७५, शनिबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: