Logo

समाचार

यात्रा श्रद्धासहित अघि बढिरहे, तीर्थ सरह बन्दछ



निरबहादुर कार्की (नेत्र) 


भोजन श्रद्धाप्रति समर्पित भए,
प्रसाद सरह बन्दछ।
भोक श्रद्धा महालिन हुन गए,
ब्रत आफैँ बन्दछ।

यात्रा श्रद्धासहित अघि बढिरहे,
तीर्थ सरह बन्दछ।
संगीत श्रद्धा बिच सुमिरण गरे,
भजन आफैँ बन्दछ।

निरबहादुर कार्की (नेत्र)

गृह श्रद्धा बिच समर्पित भए,
मन्दिर सरह बन्दछ।
कर्म श्रद्धामा विलय हुन गए,
कार्य सेवा बन्दछ।

व्यक्ति–व्यक्ति बिच श्रद्धा सुमनले,
मानव तब बन्दछ।
आत्मा श्रद्धा महा समर्पित गरे,
स्वर्ग त्यही बन्दछ।।

प्रकाशित : ११ कार्तिक २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल