Logo

समाचार

म नारी



सृजना ढकाल ‘सरु’ 


चिथोर, लुछ, टोक
मनपरी गर
अहँ मलाई पीडा हुँदैन
किनकि म नारी हुँ
तिम्रो रजाँई गर्ने वस्तु
तिम्रो ईच्छाले जिउदै जल्नुपर्छ।

छुरा रोप्ने,एसिड हान्ने
घाँटी दबाउने
जे पनि गर्न सक्छौं तिमीले
जीन्दगी त तिम्रो मात्र रहेछ
यो संसार त तिम्रो मात्र रहेछ
मन लागि गर्छौं
मन भरिएपछि मार्छौं
किनकि म त तिम्रो लागि जन्मिएकी
नारी।

पुरुष बिना अस्तित्व नभएकी नारी
तिम्रो सास र प्यास भर्ने नारी
कति गर्न सक्छौं गर
अत्याचारको सीमा अझै नाघ।

अन्त गर नारी सहनशीलताको
अनि फेरि प्रलय गराइदेऊ
तिम्रो विनास गर्न माता दुर्गालाई
धर्तीमा झर्न बाध्य बनाइदेउ।

अनि बल्ल हुने छ नारीको जीत।
सतिको सरापमा बालिकाको सराप
थपिएको छ,
अब विनासको बेला आएको छ।

प्रकाशित : १३ आश्विन २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल