सङ्खुवासभा – प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्ंमा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन् । सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग शुक्रबार सङ्क्षित कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्बर–१ को नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाउने बताएका हुन् । नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने…