Logo

प्रदेश-१

‘मुख्य योजनाकार’को प्लान, ‘सबै मिलेर मार्ने, प्रहरीले थाहा पाए लोकबहादुरले जिम्मा लिने’



संखुवासभा, ४ असोज – संखुवासभा हत्याकाण्डमा एकपछि अर्को भेद खुल्दै गएको छ । ६ जनाको हत्या अभियोगमा परिवारकै सदस्य नाताले भतिजो पर्ने लोकबहादुर कार्की पक्राउ परेसँगै थप रहस्य खुल्दै गएको छ ।

६ जनाको सामुहिक हत्याकाण्डको जिम्मा लोकबहादुरले लिए पनि घटनामा अन्य व्यक्तिको संलग्नता पुष्टि भएको छ । प्रहरीले घटनामा लोकवहादुर सहित मुख्य योजनाकारलाई प्रक्राउ गरि सार्वजनिक गरेको छ ।

संखुवासभाको मादी नगरपालिकामा वडा नम्बर–१ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका थप ४ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार पनि पक्राउ परेका छन् । ४७ वर्षीय खड्गबहादुर कार्की घटनाका मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । त्यस्तै २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पक्राउ परेको प्रहरीले बताएको छ ।

गत भदौ २१ गते ८२ वर्षीया पार्वती कार्की, उनका ५५ वर्षीय छोरा तेजकुमार कार्की, ५४ वर्षीया बुहारी मनमाया कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ८ वर्षीय नाति दिवेन कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो । उक्त घटानमा संलग्न भएको आरोपमा गत भदौ २७ गते प्रहरीले पक्राउ गरी लोकबहादुर कार्कीलाई सार्वजनिक गरिसकेको छ ।

घटनामा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका चारै जनामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा आरोपीहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइलसमेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

घटना खड्गबहादुर कार्कीको योजनामा घटाइए पनि छोरा हस्तबहादुरसहित लोकबहादुर कार्कीको घरमा गई सबै जनाले घटनाको बारेमा कसैले थाहा नपाएको बताउने सल्लाह भएको प्रहरीले बताएको छ ।

यदि प्रहरी आएर घटनाका बारेमा पत्ता लगाएमा लोकबहादुरले मानसिक रोगको औषधि खाइरहेको र उनले नै जिम्मा लिने गरी उनीहरूबीच सल्लाह भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : ४ आश्विन २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल