Logo

प्रदेश-१

संखुवासभा हत्याकाण्डका आरोपित सार्वजनिक, यस्तो छ लोकबहादुरको बयान



संखुवासभा संखुवासभामा ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ। तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या गरेको आरोपमा उनकै भतिज नाता पर्ने लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार चैनपुरमा पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो।

गत सोमबार उम्लिङमा तेजबहादुरसहित उनकी ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो।

यस्तो छ लोकबहादुर कार्कीको बयान :

झट्ट हेर्दा ‘सामान्य’ लाग्ने उनी हत्या अनुसन्धानमा प्रहरी खटिएका समयमा त्यतै देखिन्थे, पत्रकार तथा स्थानीयसँग घटनाबारे कुराकानी पनि गर्थे। जिल्ला नै ‘सिल’ गर्दा पनि शंकास्पद मानिस नभेटीएपछि प्रहरीले घटना भएको क्षेत्र वरिपरिलाई नै आधार बनाएर अनुसन्धान गर्न थालेको थियो।

सोधपुछ गर्दा भने उनी अनकनाएर’ बोल्थे। यसकारण प्रहरीले उनलाई निगरानीमा राखेको थियो। उनको कपडामा रगत भेटिएपछि उनीसँग प्रहरीले बयान लिन थालेको थियो।

बयान लिँदा उनले हत्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार सोमबार उज्यालो भइसकेको थियो।

साढे ५ देखि ६ बजेको समयमा लोकबहादुर आँगनमा निस्केका थिए। उनका बुवा र भाइ घाँस काट्न बिहानै बारीतिर निस्केका थिए। घरमा एक्लै रहेका बेला उनले तेजबहादुर उकालो लागिरहेको देखेका थिए। तेजबहादुर भने खेताला खोज्न भन्दै घरबाट निस्केका थिए।

बयानमा भनेका छन् तेजबहादुरलाई देख्नेवित्तिकै ‘झोंक’ चलेको र चिर्पर्टले हानेर हत्या गरेको उनले स्वीकार गरेका छन्। तेजबहादुर ढलेपछि उनकी श्रीमती कराउँदै आएकी थिइन्।

आएर गाउँलेलाइ गुहार माग्दा उनलाई पनि त्यहिँ हानेर ढालेका थिए। सासु ढलेको देखेपछि बुहारी अगाडि बढ्दा उनलाई पनि हिर्काएको लोकबहादुरले बयानमा बताएका छन्।

त्यसपछि उनले घरै पुगेर कुँडो पकाउन आगो फुकिरहेकी ८४ वर्षीया आमा पार्वतालाई हिर्काएका थिए। कुँडो पकाएको ठाउँमै पार्वताको शव फेला परेको थियो।

दई नातिनातिना दौडादौड गर्दैगर्दा उनीहरूलाई लेखेटी(लखेटी दाउराले हिर्काएको बताएका छन्। तेजबहादुरलाई मात्रै हिर्काउन खोजेको भए पनि परिवारका अरु सदस्यले देखेर आफूतिर आएपछि लखेट्दै हिर्काएको उनले प्रहरीलाई बयान दिएका छन्।

घटनामा प्रदेश नम्बर १ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी अरूणकुमार बिसी, संघीय प्रहरी कार्यालय धरानबाट प्रहरी उपरीक्षक भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षक रूगम कुँवर, जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीको टोली खटिएको थियो।

प्रकाशित : २७ भाद्र २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल