Logo

गण्डकी प्रदेश

नेपाली कांग्रेस बन्दिपुर सचिवमा युवा नेता सुवास अधिकारीको उम्मेदवारी, यस्ता छन् जित्ने योजना



तनहुँ – नेपाली कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशनको मिति तय गर्दै त्यसको तयारीलाई तीव्र बनाएको छ। महाअधिवेशन नजिकिएपछि गाउँमा पनि चुनावी चहलपहल शुरु भएको छ।

युवाहरूले नगरे कसले गर्छ भन्ने नाराका साथ १० वर्षदेखि त्रिचन्द्र कलेजबाट नेवि संघको राजनीति गरेका स्ववियुमा सचिवदेखि सभापतिसम्मको दाबेदार रहेका विद्यार्थी नेता सुवास अधिकारीले तनहुँको बन्दिपुर सचिवमा उम्मेदवारी दिने भएका छन्।

१५ वर्ष सम्मपनि स्ववियुको चुनाव हुन नसक्दा विद्यार्थी राजनीतिबाट स्थापित हुनबाट बन्चित हुन परेको र अब पार्टीको राजनीतिमा केन्द्रित हुने अधिकारीले बताए।

उनी तनँहु जिल्ला स्थिति बन्दिपुर गाउँ कार्यसमितिको सचिव पदका लागि मैदानमा उत्रिएका छन्। अग्रज व्यक्तित्वलाई सम्मान, पुरानो पुस्तालाई विश्राम र आधुनिक एवं सर्वश्रेष्ठ नेपाली काङ्ग्रेस निर्माणको अभियानमा सबैलाई सहयोग गर्न उनले आह्वान गरेका छन्।

तर, स्थानीय तहमा क्रियाशील सदस्यको अधिकार खोसिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै अधिकारीले काङ्ग्रेसले बीपीको लोकतान्त्रिक समाजवादलाई जोगाउन अब युवा आउनुपर्ने बताए।

विकास–निर्माणका लागि पटक–पटक बन्दिपुर गाउँपालिकाका नेताहरूलाई ध्यानाकर्षण गराउँदै आएको उनले बताए। र, यो महाधिवेशनपछि बन्दिपुर स्थानीयतहमा काङ्ग्रेसको झण्डा फहफराउन लागि पर्न पनि उनले आह्वान गरेका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ८ भाद्र २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल