Logo

आर्थिक

मन्त्री दीपक मनाङेको कति छ सम्पत्ति ?



काठमाडौं – नेपालको राजनीतिक अस्थिरताका कारण मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङे विभिन्न समयमा चर्चामा आउने गर्छन्।

कुनै समय थियो प्रहरीले उनलाई समातेमा ठूलो सफलताका रुपमा व्याख्या हुन्थ्यो। उनका साथी मिलन चक्रेलाई काटेको घटनादेखि लिर नेपाल प्रहरीले पक्राउ गर्न नसक्नु र प्रदेशसभा सदस्य हुँदा झापड हान्दा चर्चामा आएका उनी राजावादी, कांग्रेस हुँदै नेपाल कम्युनिस्ट पार्टीमा आइपुगेका थिए। नेकपा फुटेपछि उनी अहिले भने प्रष्ट शब्दमा भन्छन् – म स्वतन्त्र हुँ।

चर्चामा अहिले पनि छन् उनी तर फरक हिसाबको। मनाङ जिल्ला निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य दीपक नेपाल कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेका थिए। तर, अहिले भने फेरि आफूलाई स्वतन्त्र सांसद भन्न थालेका छन्। गुण्डाको नामले चिनिने मनाङे मन्त्री भएपछि उनको सम्पति सार्वजनिक भएको एको छ। तर पनि उनको त्यो सम्पत्ति विवरण कसैले पत्याएको भने देखिँदैन।

कति छ त दिपक मनाङ्गेसँग सम्पत्ति ?

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरण अनुसार, उनीसँग सुन, चाँदी रहेको भए पनि आफ्नो नाममा घरजग्गा छैन।

केही जग्गा पनि संयुक्त रहेको जनाएका छन्। त्यस्तै, उनीसँगै २२ तोला सुन रहेको छ। त्यसमध्ये १५ तोला २०५४ सालमा र सात तोला २०५० सालमा खरीद गरेको उल्लेख गरेका छन्।

मन्त्री मनाङेसँग ४५ तोला चाँदी रहेको छ। यो २०६८ सालमा खरीद गरेको देखाएका छन्।त्यस्तै, उनीसँग मुगाको माला ८३ तोला रहेको जनाएका छन्।

यो पैतृक सम्पत्तिका रूपमा प्राप्त भएको उनले जनाएका छन्। यससँगै उनले संघर्ष गाईभैंसी प्रालि मार्फत पशुपालन गर्दै आएको पनि जनाएका छन्।

उनले २० भैंसी र पाँच वटा गाई रहेको सम्पत्ति विवरणमा खुलाएका छन्। मनाङेले नगदभन्दा बढी ऋण रहेको विवरण पेश गरेका छन्। उनले एभरेष्ट ब्यांकमा १० लाख ४९ हजार २३६ रुपैयाँ बचत रहेको जनाएका छन्।

प्रकाशित : २८ कार्तिक २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल