Logo

प्रदेश-१

कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरी प्रदेश १ को नामकरण गरिन्छ: मुख्यमन्त्री



सङ्खुवासभा – प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्ंमा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताएका छन् ।

सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग शुक्रबार सङ्क्षित कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश नम्बर–१ को नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो लगाउने बताएका हुन् ।

नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने मुख्यमन्त्री राईले बताएका छन् । ‘कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरी प्रदेश १ को नामकरण गरिन्छ,’ मुख्यमन्त्री राईले भने ।

सरोकारवालाहरूसँगको छलफलकै आधारमा प्रदेशको नामकरण गरिने मुख्यमन्त्री राईले प्रष्ट पारेका छन् । प्रदेशको नामकरणका लागि सर्वदलीय बैठक राखेर वा दलका प्रमुखसँग छलफल गरिने उनको भनाइ थियो ।

विगतको सरकारले संसद्‌मा छलफल तथा प्रयास नगरेका कारण प्रदेशको नामकरण अहिलेसम्म हुन नसकेको उनले बताएका छन् । नामकरणका लागि तिहारपछि संसद् सुरु हुनासाथ छलफल थाल्ने मुख्यमन्त्री राईले बताएका छन् ।

प्रकाशित : १९ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल