Logo

प्रदेश-१

संखुवासभामा ६ जनाको सामूहिक हत्याबारे फरेन्सिक डाक्टरले के भने ?



संखुवासभा, २२ भदौ – संखुवासभाको मादी नगरपालिकास्थित कार्की परिवारको सामूहिक हत्या प्रकरणबारे अनुसन्धान तीव्र पारिएको छ। नेपाल प्रहरीसहितको अनुसन्धान टोलीले जाँचबुझ अघि बढाएको हो।

सामूहिक हत्या प्र‘करणपछि मृतकहरूको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। धरानका चिकित्सकहरूले प्रारम्भिक जाँचबुझ गरेर टाउकोमा देखिएको गम्भीर चोटका कारण ६ जनाको मृत्यु भएको देखिएको जानकारी दिएका छन्।

पछाडिबाट लौरो वा मुंग्रो जस्तो भारी वस्तुले गम्भीर चोट लाग्ने गरी हिर्काएर हत्या गरेको हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन्। तर, अहिलेसम्म पनि हत्यामा प्रयोग भएको सामग्री फेला नपरेको ती अधिकृतले बताएका छन्।

प्रहरीले धरानका एक जना फरेन्सिकसम्बन्धी तालिम प्राप्त चिकित्सकलाई पनि घटनास्थलमा लगेको थियो। उनले सोमबार बिहान झिसमिसेमै घटना भएको हुनसक्ने आशंका गरेका छन्। विस्तृत रिपोर्ट अनुसन्धान पूरा भएपछि मात्रै आउने छ।

बुट लगाएको अवस्थामा खेतमा शव भेटिएका कारण पनि बिहानै घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको थियो। सोमबार बिहान मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा बौद्धमान कार्कीको परिवारका ६ जनाको हत्या भएको थियो।

बौद्धमानका छोरा तेजबहादुर कार्की, श्रीमती पार्वती कार्की, बुहारी कमला कार्की, तेजबहादुरकी बुहारी रञ्जना कार्की, नाति विपीन र नातिनी गोमा कार्की मृ’त अवस्थामा भेटिएका थिए।

घटनामा आँखा कम देख्ने र कान कम सुन्ने ९३ वर्षीया बौद्धमान सकुशल छन्। अरु सबैको एकपछि अर्को गर्दै हत्या गरिएको हुनसक्ने प्रहरीको भनाई छ।

बौद्धमानकी श्रीमती पार्वता कार्कीको शव घरैभित्र भेटिएको थियो। परिवारका अन्य ५ जनाको शव यत्रतत्र छरिएको प्रहरीले जानकारी दिएको हो। घटना रहस्यमय भएकाले थप अनुसन्धान गर्न संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको टोली घटनास्थल आइपुगेको छ।

‘घटना हेर्दा भाग्ने क्रममा हत्या गरेको जस्तो देखिन्छ,’ डीएसपी सुवेदीले भने। तेजबहादुरका दुई छोराहरू वैदेशिक रोजगारीमा छन्। जेठो छोरा रमेश र नरेश दुवै मलेसिया छन्। रमेशकी श्रीमती रञ्जनाको हत्या भएको छ।

नरेशकी श्रीमती मुना भने झापामा बस्छिन्। ‘धन कमाएर परिवार चलाउन विदेश गएका छोराहरूलाई अब हामीले कसरी खबर सुनाउने?,’ छिमेकी लक्ष्मीभक्त कार्कीले पीडा सुनाए, ‘यो परिवारको छरछिमेकका कसैसँग झै–झगडा पनि थिएन। मिजासिला थिए। यो त रहस्यमय घटना भयो।’

झापामा जग्गाको बैना गरेर बौद्धमानको परिवार जग्गापास गर्न जाने तयारीमा थियो। जग्गापास गर्न लागेको खबर पाएकाले घरमा पैसा राखेको हुनसक्ने आशंकामा उनीहरूको हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ। तीजपछि उनीहरू तराईमा जग्गापास गर्न जाने तयारीमा रहेको मृतकका आफन्तले बताएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : २२ भाद्र २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल