Logo

प्रदेश-१

लालकृष्ण चौहान बने नेपाली कांग्रेस सिरिजंघा गाउँपालिकाको सभापति



ताप्लेजुङ – नेपाली कांग्रेस सिरिजंघा गाउँपालिका सभापतिमा लालकृष्ण चौहान निर्वाचित भएका छन् । शनिबार सम्पन्न गाउँपालिका अधिवेशनबाट समाजसेवी एवं राजनीति अगुवा चौहान सभापति पदमा निर्वाचित भएका हुन् ।

ताप्लेजुङको सिजिंघा गाउँपालिका–२ आम्बेगुदिन निवासी चौहान दुई दशकभन्दा लामो समयदेखि नेपाली कांग्रेस पार्टी आबद्ध भइ सक्रिय राजनीतिमा छन् ।

स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसको आधार इलाकाकै रुपमा रहेको ताप्लेजुङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र ‘क’मा पर्ने सिरिजंघा गाउँपालिकाको अध्यक्षमा टीकाराम गुरुङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित गाउँपालिका सभापति चौहानले नेपाली कांग्रेस पार्टीको संगठनलाई अझै सशक्त बनाउने उद्घोष गरेका छन् । ‘नेपाली कांग्रेस पार्टीलाई सिरिजंघा गाउँपालिकासँगै ताप्लेजुङको प्रतिनिधिसभा र प्रदेशसभाका दुवै क्षेत्रमा विजयी बनाउन भूमिका खेल्ने छु,’ चौहानले भने ।

नेपाली कांग्रेसले लिएको समाजवादको नीतिलाई अवलम्बन गर्दै समाजवेशी समाज निर्माणका लागि आफू प्रतिवद्ध रहेको चौहानको भनाई छ । साथै लोकतन्त्रको रक्षा र आर्थिक विकास र समृद्धिका लागि आफूले सकेसम्म काम गर्ने गाउँपालिका सभापति चौहानले बताएका छन् ।

प्रकाशित : ९ आश्विन २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल