काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले मानवीय भावनालाई अझै व्यापक बनाउने बताउनुभएको छ। छठ पर्वको अवसरमा आज एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो। प्रधानमन्त्री ओलीले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा पनि स्मरण गर्नुभएको छ। ‘यो कृतज्ञताको चाड हो, यो प्रकाशको चाड हो, यो न्यानोपनको चाड हो, यो…