Logo

राजनीति

कास्की २ मा नेकपाबाट नेतृ विद्या भट्टराई सर्वसम्मत



पाेखरा – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा नेकपाले विद्या भट्टराईको मात्रै नाम सिफारिस गरेको छ। शुक्रबार बसेको जिल्ला कमिटी बैठकले भट्टराईलाई उम्मेदवार बनाउन केन्द्रमा सिफारिस पठाएको हो।

‘जिल्लाबाट सर्बसम्मत रूपमा एकमात्रै नाम सिफारिस भयो। सुरुमा मैले प्रस्ताव लगेँ। सबैले समर्थन गर्नुभयो,’ नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले भने, ‘अब उहाँ नै सर्वसम्मत उम्मेदवार बन्नुभएको छ, हाम्रो तर्फबाट। केन्द्रबाट पनि त्यही निर्णय होला।’

सिफारिसमा परेकी भट्टराई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन्। अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि कास्की २ मा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित : ९ कार्तिक २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: