काठमाडाैं, ८ भदाै – उपत्यकाका ३ जिल्लाका मेयरहरूले काठमाडौं, भक्तपुर र ललितपुरमा लगाइएको निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन प्रशासनलाई सुझाव दिएका छन्। उपत्यका नगरपालिका मेयर फोरमको सोमबारको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको हो। बैठकले कोरोना भाइरस संक्रमणको अवस्था बढिरहेको निष्कर्षसहित निषेधाज्ञा कायम राख्न काठमाडौं, भक्तपुर र ललितपुरका तीन वटा जिल्ला प्रशासन कार्यालयलाई…