Logo

समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुग्यो, काठकाडौं उपत्यकामा २ सय ३२ थपिए


९ भाद्र २०७७, मंगलबार


काठमाडौं, ९ भदौ – नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ। साथै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभरि ८ सय ५५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौमतका अनुसार काठमाडौं उपत्यकामा २ सय ३२ जना संक्रमित थपिएका छन्।

काठमाडौंमा १ सय ९९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ जना संक्रमित थपिएको गौतमले बताएका छन्।

पछिल्लो २४ घण्टामै ३ सय १३ जना कोरोना संक्रमणमुक्त भएको उनले बताए। नेपालमा मंगलबारसम्ममा १९ हजार १ सय १९ जना कोरोनामुक्त भएका छन्।

प्रवक्ता गौतमले १ सय ६४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको बताए। पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ स्वाब परीक्षण गरिएको उनले बताएका छन्।

प्रकाशित : ९ भाद्र २०७७, मंगलबार

} ?>

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: