काठमाडौं, २६ वैशाख – संवैधानिक परिषद्को आइतबारको बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले पूर्वसचिव रेग्मीलाई अध्यक्षमा नियुक्तिको सिफारिस गरेको हो। लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो। संवैधानिक परिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरका…