Logo

प्रदेश-२

कहिल्यै नफर्किने गरी बिदा भए सिरहाबाट अमेरिका पुगेका अजय, नहरमा बिलाए सबै सपना



विजय थापा, (अमेरिका), २५ वैशाख – न्यूजर्सीबाट हराइरहेका नेपाली विद्यार्थी अजय शाह सधैंका लागि बिदा भएको खबर आएको छ। गत जनवरी महिनादेखि न्यूजर्सीबाट न्यूयोर्क प्रस्थान गरेका अजयको शव मोरिस काउन्टी अभियोजक कार्यालयले फेला पारेको हो।

स्थानीय ‘प्याच डटकम’मा प्रकाशित समाचार अनुसार अजयको शव फेला परेको हो। गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए।

शाह विगत साढे २ बर्ष देखि ड्रू विश्वविद्यालयमा अध्ययनरत थिए। उनका दाजु पनि अमेरिकाकै टेक्सासमा बसोबास गर्दै आएकाले उनी भाईको खोजीको लागि टेक्सासबाट न्यूजर्सी आएका थिए।

सिरहा जिल्ला भएका २२ वर्षीय शाहको गत सोमबार शवको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जानकारी दिइएको छ।

अनुसन्धानकर्ताका अनुसार न्यूजर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनका लागि चढेको खुलासा भएको छ। गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका सिसीटिभी क्यामरा पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफू साथ क्यामरा भिरेको अवस्थामा देखिएका थिए।

अभियोगको कार्यालयले सोमबार थप प्रमाणहरूको खोजी नगरुञ्जेलसम्म उनी बेपत्ता हुनु रहस्यमय रहेको थियो। अधिकारीहरूले मार्च ९ मा उनको शव एङ्कोरेज नहरमा फेला पारेका थिए।

गत अप्रिल २५ मा न्यूयोर्क प्रहरी विभागले मोरिस काउन्टीको हराइरहेको व्यक्तिबारे इकाईलाई सूचित गरेको थियो।

बेपत्ता भएका अजय शाहलाई अन्तिम पटक न्यूजर्सीको नेवार्क पेन स्टेसनमा राति ११ः३७ मिनेट, जनवरी १९, २०२१ को दिनसम्म देखिएको थियो।

अमेरिकामा अध्ययन गर्दै गरेका एक नेपाली विद्यार्थीको जीवन यसरी नै समाप्त हुन पुग्यो। घटनापछि परिवारका सदस्य शोकमा डुबेका छन्।

अन्तरवार्ता: रमेश खरेल अब राजनीतिमा ? (भिडियाे)

प्रकाशित : २५ बैशाख २०७८, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल