Logo

समाचार

१० दिनअघि बाल्टिमोर पुगेका संखुवासभाका २७ वर्षीय युवक सधैंका लागि बिदा, अर्का एक नेपाली घाइते



अमेरिका, २६ वैशाख – संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोलीकाण्डमा संदिग्धसहित ४ जनाको मृत्यु भएको छ। घटनामा एक नेपालीको निधन भएको छ।

अमेरिकी समयअनुसार शनिबार बिहान भएको गोलीकाण्डमा संखुवासभाका सागर घिमिरेकाे निधन भएको हो। गोलीकाण्डपछि एउटा घरमा आगजनी भएको अमेरिकी प्रहरीले बताएको छ।

संदिग्ध अभियुक्तले गोली चलाएपछि प्रहरीले जवाफी कारबाही गरेको थियो। बाल्टिमोर एशोसिएशन अफ नेप्लिज इन अमेरिकाका अध्यक्ष सुबोधविलास पन्त घटनास्थल पुगेका थिए। अध्यक्ष पन्तले घटनामा ज्यान गुमाएका नेपाली हालसालै साउथ क्यारोलाइनाबाट बाल्टिमोर आएका जानकारी दिएका छन्।

उक्त घटनामा नेपाली पनि परेकाले बानाका महासचिव बिहानैदेखि घटनास्थलमा छन्। उनले नेपाली समुदायलाई सक्दो सहयोग गरिरहेका छन्। अध्यक्ष पन्तका अनुसार एक नेपालीको घर पुरै ध्वस्त भएको छ। त्यहाँ कम्तिमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेको उनले बताए।

मृत्यु हुनेहरूमा नेपाली बाहेक दुई जना स्पेनी परेका छन्। मारिने संदिग्ध अस्वेत रहेको बुझिएको छ। निधन हुने अन्दाजी २४ वर्षीय घिमिरे साउथ क्यारोलिनाबाट स्नातक सकेर १० दिन अगाडि मात्र बाल्टिमोर आएका थिए। उनकाे घर संखुवासभाको भएको बुझिएको छ।

यसैगरी, घाइते भएर अस्पतालमा भर्ना भएका अन्दाजी २६ वर्ष भएका नेपाली सर्लाही घर भएको बुझिएको छ। उनी न्यू मेक्सिकोबाट बाल्टिमोर आएका हुन्। उनी सन् २०१७ मा अमेरिका आएका हुन्।

बन्दुकधारी संदिग्धले अन्य नेपालीहरू पनि खेदेको र भागेर ज्यान बचाएको अध्यक्ष पन्तले बताएका छन्। उक्त क्षेत्रमा बसोबास गर्दै आएकी गेल वाट्सले एकाबिहानै ६ः३० बजे घरमा आगजनी भएको देखेको र ठूलो बिस्फोट भएको समाचार संस्था एपीलाई बताएकी छिन्।

वाट्सले एक पुरुष उक्त समयमा उभिरहेको देखेको बताएकी छिन्। उक्त संदिग्ध अभियुक्तसँग बन्दुक रहेको र अन्य मानिस ज्यान बचाउन दौडी रहेको बताएकी छिन्।

उनका अनुसार २५ वर्षदेखि बस्दै आएकी उनले उक्त संदिग्ध व्यक्ति आक्रामक स्वभावको भएको बताइन्। बाल्टिमोर काउन्टीका प्रहरी प्रवक्ता जोय स्टेवार्डका अनुसार बाल्टिमोरको पश्चिम वुडलन नजिक उक्त बन्दुकधारी र आगजनी भएको खबर पाएपछि ६ः४० मा त्यहाँ पुगेका थिए।

प्रहरीले यस घटनाबारेमा अनुसन्धान गरिरहेको छ। मृतक र घाइते भएका युवाहरूको परिवारलाई नेपालमा सम्पर्क गर्न प्रयास भइरहेको बानाका महासचिव ढकालले बताएको इनेप्लिजले उल्लेख गरेको छ।

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल