Logo

समाचार

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सीसीएमसीलाई सिफारिस



काठमाडौं, २७ वैशाख – जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ।

काठमाडौं उपत्यकाका मेयरहरूसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिस भएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले डीसीसीएमसीको निर्णय सीसीएमसीमा पठाएर निर्णय हुने बताएका छन्। यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने पराजुलीले बताए।

काठमाडौं उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो पटक थप भएको अवधि २९ गते सकिँदैछ।

अन्तरवार्ता: केपी ओली सत्तामाथि खतराकाे घण्टी: गगन थापा (भिडियाे)

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल