काठमाडौँ, जेष्ठ २० गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्ने क्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल प्रयोग गरेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताए…