Logo

राजनीति

बालेन साहको टीममा रञ्जु दर्शना पनि, पाइन् यति ठूलो जिम्मेवारी



काठमाडौँ, जेष्ठ २१ गते । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार जिताएको बालेन साहको टिममा रञ्जु दर्शना पनि परेकी छन् । उनलाई उक्त टिमले दर्शनालाई काठमाडौं ५ को सांसदमा उठाउने तयारी गरेको छ ।

बालेन साहलाई काठमाडौंको मेयरमा जिताउँन लागि परेको समुह प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा नहुँदै संसदीय निर्वाचनका लागि होमिएको छ । यो समुहले काठमाडौंका सबै क्षेत्रमा निर्वाचनको मिति घोषणा हुनु अगावै उम्मेदवार अघि सार्ने तयारी गरेको छ ।

रञ्जु दर्शना २०७४ को निर्वाचनमा विवेकशील नेपाली दलका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार थिइन् भने पछिल्लो समय विवेकशील साझा पार्टीकी नेतृ रहेकी थिइन् । तर, विवेकशील साझा पार्टीमा विवाद शुरु भएसँगै विवेकशील साझा छाडेर उनी अहिले स्वतन्त्र रुपमा बसेकी छिन् ।

केही समयअघि विवाह बन्धनमा बाँधिएकी रञ्जु राजनीतिबाट टाढिने हुन् कि भन्ने आशंका रहिरहेका बेला उनी संसदीय निर्वाचनमा होमिन लागेकी हुन् । काठमाडौंको मेयरमा बालेन साहलाई जिताउन लागिपरेको टीमले नै रञ्जुलाई काठमाडौं क्षेत्र नं ५ को सांसदका रुपमा प्रस्ताव गरेपछि उनी उम्मेदवारीका लागि सकारात्मक बनेकी छिन् ।

काठमाडौं क्षेत्र नं ५ एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको निर्वाचन क्षेत्र हो । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत पनि यही क्षेत्रबाट सांसदमा उठेका थिए ।

विवेकशील नेपाली दलका स्वर्गीय उज्जवल थापाले पनि संसदको चुनावमा यही क्षेत्रलाई रोजेका थिए । विवेकशील नेपाली दलबाटै राजनीति शुरु गरेर चर्चामा आएकी रञ्जु दर्शनाले उज्जवल थापाको राजनीतिबाट आफू प्रभावित रहेको बताउँदै आएकी छिन् ।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको विजयबाट हौसिएको समुहले क्षेत्र नं १ को सांसदमा पुकार बमलाई अघि सारि सकेको छ ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल