काठमाडौं, जेठ १९ गते । नेपाल प्रहरीको सरुवा बढुवालाई पारदर्शी बनाइने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक आइजिपी धिरजप्रताप सिंहले सरुवा बढुवामा राजनीनिक प्रभाव रोकिने बताएका हुन्। महानिरीक्षक सिंहले विगतको प्रहरी नेतृत्वले कतिपय जिल्लामा कमजोर कार्यसम्पादन भएका प्रहरी नेतृत्व खटाएका कारण शान्ति सुरक्षा प्रभावकारी बन्न नसककेको धारणा व्यक्त गरे।…