Logo

आर्थिक

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं, जेष्ठ २३ गते । साताको पहिलो कारोबारका दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

सोमबार नेप्से परिसूचक १२/९२ अंकले घटेर २०६५.७८ विन्दुमा पुगेको छ।

आज २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २२७ रुपैयाँमा कारोबार भयो। २५ हजार ९०८ पटक सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको सूचक बढेको छ। ८ कम्पनीको सूचक ओरालो लाग्यो।

डेभलपमेन्ट बैंक, फाइनान्स, मनु एन्ड प्रो, अदर्श, माइक्रोफाइनान्स र म्युचुअल फन्डको सूचक सामान्य अंकले बढेको हो।

यसदिन दुईवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुईवटा कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्तीय वित्त र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

कारोबार रकमका आधारमा एसियन लाइफ इन्सुरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड २४ लाख ७७ हजार ३८७ रुपैयाँको सेयर कारोबार भयो।

प्रकाशित : २३ जेष्ठ २०७९, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल