Logo

बागमती प्रदेश

रेणु दाहाल नेतृत्वको भरतपुर महानगर कार्यपालिकामा उपप्रमुखसहित कांग्रेसका बहुमत सदस्य



चितवन, जेठ २५ गते । भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसले उपप्रमुखसहित बहुमत सदस्य जितेको छ। कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना कांग्रेसबाट निर्वाचित भएका छन्।

कांग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोखरेल र नर्मदा सापकोटा निर्वाचित भएका हुन्। नेकपा माओवादी केन्द्रकी बीना नेपाली पनि निर्वाचित भएका छन्।

दलित तथा अल्पसङ्ख्यकबाट कांग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र नेकपा एकीकृत समाजवादीकी कोपिला उपरकोटी निर्वाचित हुनुभएको सूचनामा उल्लेख छ।

भरतपुर महानगरमा निर्वाचित कार्यपालिका सदस्यसहित महानगर परिषद् सदस्य सङ्ख्या १५० पुगेको छ। जसमध्ये कांग्रेसका ७६, नेकपा एमालेका ५२, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ६, राप्रपाका चार र स्वतन्त्रका एक जना छन्।

कार्यपालिकामा कांग्रेसको २२, एमालेको ६, माओवादी केन्द्रको ६, एकीकृत समाजवादीको चार र स्वतन्त्रबाट एक जना विजयी भएका छन्। महानगरपालिकामा २९ वडा छन्।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल