Logo

समाचार

सिसडोल क्षेत्रमा फोहोरको दुर्गन्ध हटाउने उपाय खोज्न सुरु



काठमाडौं, जेष्ठ २५ गते । काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न विज्ञहरुको टोलीले अध्ययन थालेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका प्रविधि संकाय प्रमुख वैज्ञानिक डा. रवीन्द्र ढकाल नेतृत्वको टोली सिसडोल पुगेर पानी र लिचेड को नमूना संकलन गरेको हो ।

सिसडोलबाट निस्किएको लिचेड, पानीको स्रोत र ग्याँसको परीक्षणका लागि नमूना संकलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्ने योजना छ ।

यसअघि जेठ २० गते मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले सिसडोल क्षेत्रको भ्रमण गरी एक हप्ताभित्र दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । दुर्गन्ध हटाउन जैविक तत्व प्रयोग गर्ने तयारी छ ।

दुर्गन्ध हटाउने जैविक तत्व कति मात्रा प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्नेबारे अध्ययन गर्ने तयारी छ ।

सिसडोलमा महानगरपालिकाले ‘पोस्ट क्लोजर’को तयारी अघि बढाएको छ । फोहोर फाल्ने ठाउँ नरहेपछि अब बञ्चरेडाँडामा फोहोर फाल्न थालिएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल