Logo

आर्थिक

लघुवित्तिय संस्था खारेजीको माग गर्दै आन्दोलन गर्ने चेतावनी



काठमाडौं, जेष्ठ २१ गते । लघुवित्तिय संस्था विरूद्वको संघर्ष समिति नेपालले २५ असोजमा काठमाडौंमा लाखौं पीडित महिला उतारेर वृहत विरोध सभा गर्ने घोषणा गरेको छ । संघर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरेर लघुवित्तिय संस्थाको खारेजी नगरेसम्म आन्दोलन गर्ने बताएको हो ।
समितिले गत ५ फागुनदेखि लघुवित्तका सबै बैठकहरु बहिस्कार गरेर लघुवित्तविरुद्ध संघर्षको कार्यक्रम सुरु गरेको हो । अहिलेसम्म १० जिल्लामा संरचना गठन गरेको र ३५ जिल्लामा सम्पर्क समिति गठन हुने क्रममा रहेको पनि समितिले जानकारी दिएको हो ।

लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामुहिक ऋण मिनाहा गर्न, आम गरिब किसानलाई निशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमताको आधारित काम र दामको व्यवस्था गर्न र समाजवादी अर्थतन्त्रको विकास गर्न समितिले माग अघि सारेको छ । अध्यक्ष मणिराम ज्ञवालीले गत १८ माघमा गुल्मीदरबार गाउँपालिका, ५ फागुनमा शिवराज नगरपालिकामा ५ बुंदे माग पत्र पेश गरिसकेको बताए ।

उनले आफूहरुले ग्रामिण महिलाहरुको हितका लागि २५ असोजमा काठमाडौंमा गर्ने बृहत विरोध सभामा सहभागी हुन आग्रह गरे ।
“अब सबै लघुवित्तीय संस्थविरुद्धमा एकजुट भई संघर्षमा जुट्नुपर्छ” उनले भने, “अहिलेसम्म व्यवस्था परिवर्तनको लागि आन्दोलन गर्दै आयौ अब महिलाहरुको लागि आन्दोलन गर्नेछौ ।

उनले राष्ट्र बैंकले लघुवित्तीय संस्था सञ्चालन गरेर महिलाहरुलाई रोजगारी दिने र
र्थिकस्तर वृद्धि गर्ने उद्देश्य लिए पनि त्यस अनुसार काम नभएको आरोप लगाए । यसबाट ग्रामिण महिलाहरु उल्टै उत्पीडनमा परेको उनले जिकिर गरे ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल