Logo

समाचार

सिसडोललाई एक साताभित्र दुर्गन्धमुक्त बनाउँछौं, तर विरोध गर्नु भएन : मेयर बालेन्द्र शाह



काठमाडौँ, जेष्ठ २० गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उपमेयर सुनिता डंगोलसहित शुक्रबार बिहान काठमाडौंको फोहोर विसर्जन गर्ने सिसडोलको अनुगमन गर्ने क्रममा स्थानीयको गुनासो सुनेपछि मेयर शाहले केमिकल प्रयोग गरेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताए ।

यसका लागि आफूले विज्ञहरुसँग आवश्यक छलफल गरेको पनि मेयर शाहको भनाइ छ । मेयर शाहले तीन महिनाभित्र मल र ग्यास दुवै निकाल्न सुरु गरेर त्यहाँको फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘एक हप्तामा गन्ध नआउने गरी केमिकलको व्यवस्था गरिन्छ । मल र ग्यास पनि बनाइन्छ । त्यसका लागि तीन महिना लाग्छ । केमिकल हालिसकेपछि एक हप्ताभित्र गन्ध हटाइन्छ ।

बन्चरेडाँडाको पनि सबै रिपोर्ट हेरियो । सड्ने र नसड्ने फोहोर छुट्टयाउने । त्यसबाट मल र ग्यास निकाल्ने हो । सड्ने र नसड्ने फोहोर छुट्टयाउनका लागि काठमाडौं महानगरपालिकाले घर घरमा जनचेतना फैल्याउने काम गर्नेछ,’ मेयर शाहले भने । यस क्रममा उनले तत्कालका लागि भने काठमाडौंमा थुप्रिएको फोहोर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयसँग आग्रह गरेका छन् । स्थानीयका सबै समस्या समाधान गरिने तर फोहोर विसर्जन गर्न भने स्थानीयले अवरोध गर्न नहुने उनको शर्त थियो ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल