Logo

आर्थिक

एनएमबीले दियो वित्तीय साक्षरता तालिम



काठमाडौ, जेठ २१ गते । एनएमबी बैङ्कद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरूलाई उद्धार तथा सशक्तीकरण गर्दै आएको गैह्र सरकारी संस्था ‘छोरी’मा आबद्ध दिदीबहिनीहरूलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा छोरी संस्थाका ५५ जना महिलाको उपस्थिति थियो ।

उक्त कार्यक्रममा एनएमबी बैंककातर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थि र छोरी संस्थाकोे तर्फबाट कार्यक्रम संयोजक सारदा पुरीको उपस्थिति रहेको थियो । विगतका वर्षहरूदेखि नै महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तिकरणको लागि समयमा बिभिन्न समूहहरु लक्षीत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रकाशित : २१ जेष्ठ २०७९, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल