काठमाडौं, १० जेठ – अधिकारका लागि महिला एकल महिला समूहले ‘नेपाल सरकारले न्यून आयको मापदण्ड नतोकुञ्जेल ६० वर्षमुनिका एकल महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने’ भनि गरेको निर्णयको फिर्ता लिन माग गरेको छ। अधिकारका लागि महिला एकल महिला समूहकी केन्द्रीय सचिव रेखा अधिकारीले संविधान प्रदत्त अधिकारबाट कसैलाई पनि बञ्चित नगर्न माग गरेकी हुन्। महिला अधिकारकर्मी…