Logo

समाचार

सरकारलाई लोकतन्त्रवादी वकिलहरुको १७ बुँदे आग्रह



काठमाडौ, २९ चैत – लोकतन्त्रवादी कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रेटिक लयर्श एशोसिएशन (डिएलए)ले कोरोना भाइरस नियन्त्रणका लागि पर्याप्त प्रयास नभएको भन्दै चिन्ता व्यक्त गरेको छ।

एशोसिएशनले आज वक्तव्य जारी गर्दै सिमित साधन र श्रोतका वावजुद उच्च मनोबलका साथ खटिनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मीलगायतप्रति सम्मान व्यक्त गरेको छ।

लकडाउनले मात्र कोरोना नियन्त्रण हुन सक्छ भन्ने भ्रममा सरकार परेको देखिएको भन्दै एशोसिएशनकी महासचिव लक्ष्मीदेवी दाहाल रावलद्धारा जारी वक्तव्यमा सरकारलाई १७ बुँदे आग्रह गरिएको छ।

दैनिक उपभोग्य सामान सर्वसुलभ गराउन र अनुगमन गर्न, किनबेचका क्रममा भएको भिड अन्त्य गर्न, राहत बितरणमा मिडियावाजी नगर्न, वास्तविक पिडितहरु पहिचान गरी राहत वितरण गर्न, कालोबजारीको अन्त्य गर्दै दोषीलाई कारबाही गर्न डिएलएले माग गरेको छ ।

त्यसैगरी कोरोनाको रोकथाममा खटिएका सुरक्षाकर्मीलाई अनावश्यक बल प्रयोग गरेरभन्दा पनि सालिन व्यवहार गर्न र ब्यवसायिक कर्तब्य भुलेका निजी अस्पताललाई कारबाही गर्न डिएलएले सुझाव दिएको छ।

अत्यावश्यक सेवा प्रदायक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, एम्बुलेन्स चालकलगायतलाई व्यक्तिगत सुरक्षा, बिमा, सेवा र सुविधामा बृद्धि गर्न, सीमानामा अलपत्र परेका नेपालीलाई तत्काल देश प्रवेश गराई स्वास्थ्य र सुरक्षाको ब्यवस्था गर्न वक्तव्यमा माग गरिएको छ।

डिएलएले कैदी तथा बन्दीहरुलाई सामाजिक दुरी कायम राख्ने व्यवस्था गर्न, शर्त सहित वा शर्त रहित रिहाई, सजायँ स्थगितलगायतका ब्यवस्थापन गर्न पनि आग्रह गरेको छ।

कोरोना भाइरसको संक्रमण भएको शंका लागेकाहरुलाई घरमै पुगी परिक्षण गर्ने ब्यवस्था मिलाउन, आईसोलेसन र क्वारेन्टायनमा आधारभूत मापदण्ड पुरा गर्न पनि डिएलएले सरकारलाई सुझाव दिएको छ।

लोकतन्त्रवादी वकिलहरुले सर्वोच्च अदालतबाट यही चैत २४ र २५ गते पछिल्लो परिस्थीतिका बारेमा भएका फैसला तत्काल कार्यान्वन गर्न, कानून व्यवसायीहरु तथा संचारकर्मीहरुलाई परिचयपत्रको आधारमा सवारी साधन सहित आवतजावत गर्न दिन पनि माग गरेका छन्।

विभिन्न धार्मिक, रितीरिवाज तथा परम्पराको नाममा जात्रा तथा पर्वहरुमा भिडभाड गरी लकडाउन तोड्ने सम्भावनालाई ख्याल राखी कडा निगरानी गर्न र चेकजाँचको दायरा बढाउने तर्फ डिएलएले सरकारको ध्यानाकर्षण गराइएको छ।

प्रकाशित : २९ चैत्र २०७६, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल