Logo

समाज

भारतमा अलपत्र नेपालीको उद्दार गरियोस्ः पूर्वमन्त्री चन्द



काठमाडौं, २३ चैत – राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री जयन्त चन्दले भारतमा अलपत्र परेका नेपाली नागरिकको उद्दार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

चन्दले उनीहरूलाई नेपाल फर्काउन र सीमा नाकामै स्वास्थ्य परीक्षण र अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘उद्दारसँगै सबै नागरिकलाई आ–आफ्नो घरसम्म पुग्ने वातावारण मिलाउन म नेपाल सरकारसँग आग्रह गर्दछु,’ राप्रपा नेता चन्दले भने।

कोरोना संक्रमण रोक्न नेपाल भारत सीमा बन्द गर्नु आवश्यक रहेको उल्लेख गर्दै चन्दले घर फर्किन पाउने नागरिकको अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन्।

सीमानाकामा आइपुगेका नागरिकलाई उद्दार गरी घरसम्म पुर्‍याउनु पर्नेमा जोड दिँदै चन्दले अलपत्र परेका नागरिकलाई राज्यले सम्पूर्ण रूपले जिम्मा लिनुपर्ने बताएका छन्।

प्रकाशित : २३ चैत्र २०७६, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल