जीवन पौडेल, तेह्रथुम, पुस ९ – पहिचानसहितका संघीयताका पक्षमा निरन्तर लडिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको जनजागरण अभियान पूर्वी पहाडबाट शुरू भएको छ। पुस अन्तिम साता बसेको मञ्चको केन्द्रीय कार्यसमितिको बैठकले पहिचानको आन्दोलन र संगठन विस्तारलाई एकैसाथ लैजाने निर्णय अनुसार जनजागरण अभियान तीव्र पारिएको हो। मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराक जनजागरण…