ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–१ स्थित सिनाम नमुना माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०७७ देखि पूर्ण रूपमा डिजिटल प्रविधिबाट शिक्षण गरिने भएको छ। सिनाम नमुना माविका प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले डिजिटल प्रविधिको प्रयोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरुआत गरिएको र शैक्षिकसत्र २०७७ बाट पूर्ण रुपमा डिजिटल प्रविधिबाट सिकाइ प्रारम्भ गरिने बताएका हुन्। प्रदेश नम्बर १ सरकारको सामाजिक विकास मन्त्रालयले विद्यालयलाई डिजिटल…