काठमाडौँ, २७ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग लकडाउनका कारण एकअर्काका देशमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्तामा दुई देशका नागरिकका सम्बन्धमा कुराकानी भएको हो। ‘आज मैले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरें।…