Logo

बागमती प्रदेश

मेयर शाक्यलाई जोशीको प्रश्न, ‘काठमाडौंमा विदेशबाट कति आए, अवस्था के छ?’



काठमाडौँ, १८ चैत – नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ महानगरका मेयर पदका उम्मेदवार राजुराज जोशीले विदेशबाट फर्किएर काठमाडौंमा बसिरहेका व्यक्तिहरूको तथ्याङ्क सार्वजनिक गर्न ध्यानाकर्षण गराएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पत्र लेख्दै जोशीले विदेशबाट आएर काठमाडौँमा बसोबास गरिरहेका व्यक्तिको लगत संकलन गरी सार्वजनिक गर्न माग गरेका हुन्।

‘विदेशबाट आएकाहरुको तथ्याङ्क जनतालाई दिँदै उनीहरुको अवस्था के छ सार्वजनिक गर्नुपर्छ,’ जोशीले भने, ‘महानगर जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा संवेदनशील देखिएन।’

कोरोना महामारीका बेला जनतालाई उपभोग्य वस्तु वितरणमा सहज बनाउन समेत शाक्यलाई अनुरोध गरेका छन्। जोशीले कोरोनाका कारण कालोबजारी बढेको बताउँदै त्यसको नियन्त्रण तर्फपनि शाक्यको ध्यानाकर्षण गराएका छन्।

कांग्रेस नेता जोशीले महानगरले नागरिकलाई सहज र सुलभ हुने खालका प्याकेज घोषणा गर्न पनि शाक्यलाई आग्रह गरेका छन्।

प्रकाशित : १८ चैत्र २०७६, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल