Logo

बागमती प्रदेश

अनेरास्ववियु अग्रमोर्चामा खटिन्छ, एमाले नै पहिलो पार्टी बन्छ : सुनिता बराल



सिन्धुली, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले युवा र विद्यार्थीहरूलाई आगामी निर्वाचनमा अग्रमोर्चामा खटिन आग्रह गरेकी छन् ।

सिन्धुलीमा आयोजित अगुवा कार्यकर्ता भेलामा अध्यक्ष बरालले अनेरास्ववियुले अब नवीनतम् र गहनतम् सोचका साथ युवा र विद्यार्थी परिचालन गर्ने बताएकी हुन् ।

‘आगामी निर्वाचनको तयारीमा जुट्नुपर्ने बेला भइसकेको छ, विद्यार्थी र युवा साथीहरूले आ–आफ्नो क्षेत्रमा पार्टीलाई जिताउन लाग्नुहोस्,’ उनले भनिन् ।

अध्यक्ष बरालले नेपालको कम्युनिस्ट आन्दोलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सिराबाट उठान गर्ने बताउँदै पार्टीलाई पहिलो बनाउने अठोट व्यक्त गरिन् ।

‘आगामी निर्वाचन एमालेका लागि चुनौतीपूर्ण छ, तर असम्भव केही छैन, सबै साथीहरू अहिलेदेखि नै लाग्नुहोस्, जीत सुनिश्चत छ,’ बरालले भनिन् ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल